राजपुरका ३८७ घरपरिवारलाई राहत प्रदान

दाङ समाचार
दाङ समाचार १ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

दाङ – राजपुरका बाढी पिडितलाई राहत प्रदान गरिएको छ । राजपुर गाउँपालिकाको मुख्य पहलमा पालिका भित्र रहेका विभिन्न सामाजिक संघ संस्था मार्फत उपलब्ध गराएको सामाग्री बाढी पिडितलाई प्रदान गरिएको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए ।

No description available.
राजपुर गाउँपलिका- २ मा २१ घरपरिवार, वडा नम्बर -५ मा १५७, र वडा नम्बर – ६ मा २०९ घरपरिवारलाई प्रतिघर परिवार एक बोरा चामल, अढाइ लिटर तेल, चिनी दुई किलो, दाल चार किलो, किड्स बक्स बाल्टी, झुल, ब्लान्केट, लगायतको सामाग्री प्रदान गरिएको छ । अन्य पिडितलाई क्रमशः बितरण गरिने बुढाथोकीको भनाई छ ।

No description available.

त्यस्तै पालिका भित्र रहेको अन्य बाढी पिडितको हामीले बिबरण संकलन गर्दैछौं । हरेक वडालाई सहि सत्य बिबरण पठाउन भनेका छौं, उक्त बिबरण पालिकामा आयो भने सोही मुताविक राहत प्रदान गर्ने छौं”- उपाध्यक्ष धनपती देवि यादवले भनिन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्