दाङ – देउखुरीको राजपुरमा पांच दलिय गठबन्धनको बैठक आज सम्पन्न भएको छ ।
आगामी मङ्सिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउनका लागि टोल कमिटि र वडा कमिटिलाई कसरी परिचालन गर्ने भन्ने बारे छलफल भएको राजपुर गाउँपालिकाका माओवादी केन्द्रका उपाध्यक्ष भीम बहादुर वली जानकारी दिए ।

उपाध्यक्ष वलीका अनुशार राजपुरमा गठबन्धनका उम्मेदवारलाई कसरी निर्वाचित गराउन सकिन्छ भन्ने विषयमा हामी गम्भीर रुपले लागेका छौं, उम्मेदवार र कार्यकर्ताको भेटघाट देखि लिएर मतदाताको समस्या उम्मेदवार सम्म पुर्याउने, समस्याका समाधान गरिदिने जस्ता कामहरु भैरहेका छन।

नेपाली कांग्रेस राजपुर गाउँपालिका सभापति नरेन्द्रसिंह भण्डारीको अध्यक्षतामा बसेको बैठकको संचालन राजपुर गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष भीम बहादुर वली गरेका थिए । दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, दाङ -१ ‘क’ तर्फ नेकपा माओवादीकेन्द्रका इन्द्रजित थारु र प्रदेश ‘ख’ तर्फ नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का उम्मेदवार बनेका छन ।

प्रतिक्रिया दिनुहोस्