बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै

दाङ समाचार
दाङ समाचार ३ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडाैँ– सरकारले बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधी र भिटामिन ‘ए’ खुवाउँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेकाे हाे।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले आग्रह गरेको छ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्