दाङमा विंगर गाडी दुर्घटना हुँदा ३ जना घाइते

दाङ समाचार
दाङ समाचार ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – दाङको तुलसीपुर–अमिलिया सडकखण्डमा विंगर गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् ।

तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको विंगर गाडी बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनमाा गाडीका चालक बाँके राझाका २७ वर्षका राजन विक गम्भीर घाइते भएका छन् । थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका – १६ का ५० बर्षका सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकीका २० वर्षका टोपेन्द्र बिष्ट समान्य घाइते भएका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडिको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ७ जना सवार थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्