काठमाण्डौ – बाजुराको बुढीगंगा नगरपालिका- १ मा हिजो साँझ अटो रिक्साबाट खसेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोति लुहार रहेकाे प्रहरीले जनाएकाे छ ।
सुदुरपश्चिम प्रदेश-०१-००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भिर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्