दाङ – तुलसीपुरमा एक जनाको पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार बिहान ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका १७ निवासी अन्दाजी ३५ वर्षिय कमल चौधरीको माछा पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
चौधरीको आफ्नै खेतमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । साथै उनलाई मृगी (छारे) रोग समेत रहेको अनुमान गरिएको प्रहरीको भनाई छ । त्यस्तै अहिले चौधरीको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्