चाडबाड नजिकिंदै गर्दा चोरी बढ्यो

दाङ समाचार
दाङ समाचार ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका -५ गोरक्ष टोलमा हिज बिहान करिब २ बजेको समयमा गोपाल पुडासैनीको घरमा चोरी भएको छ । घरमा कोहि नभएको मौका छोपेर चोरी भएको पिडित पुडासैनीले जानकारी दिए ।

छोराहरूले खुत्रुकेमा जम्मा गरेको झण्डै पचास हजार, श्रीमतीले बचत गरि राखेको सहत्तरी हजार नगद र कानमा लगाउने टप चोरी भएको पुडासैनीको भनाई छ ।

चाडवाड नजिकिंदै गर्दा लमही क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन । चोरीका घटना बढ्न थालेपछि स्थानीयले सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै हरेक टोल, गल्लीतिर निगरानी राखिदिन अनुरोध गरेका छ्न ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्