नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता

दाङ समाचार
दाङ समाचार ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

दाङ – बबई नदीमा डुबेर दुई किशोरी वेपत्ता भएका छन् । शनिबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ र दंगीशरण गाउँपालिका वडा नं. २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुवेर वेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दंगीशरण गाउँपालिका वडा नं. २ सिमलबुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४/ १५ वर्षीया गोमा चन्द रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

बेपत्ता भएका किशोरीहरु संगै नुहाउन गएकी सोही ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भईरहेको प्रहरी निरिक्षक केसीले बताए । केसीका अनुसार अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, ईलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको छ । तुलसीपुर अनलाइन 

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्