निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया

दाङ समाचार
दाङ समाचार ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

दाङ – जिल्ला निर्वाचन व्यवस्थापन समिति दाङले यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुसंगको परिचय तथा निर्वाचन आचारसंहिता २०७९ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मान बहादुर विष्टको अध्यक्षता तथा दाङका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा आचारसंहिताक बारेमा उपस्थित राजनीतिक दल, आगामी मंसिर ४ गते हुने निर्वाचनका उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, संचारकर्मीलाई जानकारी गराइएको छ ।

प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण प्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रमुख तथा जिल्ला आचारसंहिता समितिका संयोजक शिवप्रसाद चौधरीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्