दाङदेखि रोल्पा जाँदै गरेको जिप दुर्घटना तीनको अवस्था गम्भीर

दाङ समाचार
दाङ समाचार ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

दाङ– तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदै गरेको जिप सल्यानको सारपानीमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रमुख केसीले बताउनुभयो । दुर्घटनामा सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिमखोलका ४२ वर्षिय निमकुमारी बुढा, सोहि ठाउँकै २५ वर्षिय रिमाकुमारी बुढा र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिमपानीका १२ वर्षिय प्रगती घर्ती गम्भिर घाइते हुनुभएको हो ।

गम्भिर घाइते तीन जनाको टाउको, ढाड र हातमा चोट लागेको छ । यस्तै सल्यानको त्रिवेणी–२ सिमखोलाका ४८ वर्षिय खड्क बहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिमपानीका २२ वर्षिय झरणा घर्ती, सोहि ठाउँकै ५४ वर्षिय बम घर्ती, सोहि ठाउँकै ४६ वर्षिय रणबिर घर्ती र ५१ वर्षिय गंगाप्रसाद राना दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्