गठबन्धनका उम्मेदवार अनुराग खड्काले दिए दीपावलीको शुभकामना

दाङ समाचार
दाङ समाचार ९ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, युवा नेता, आसन्न मंसिर ४ गते हुन् लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङ -१ ‘ख’ बाट गठबन्धनका उम्मेदवार बनेका अनुराग खड्काले नेपालीहरुको दोस्रो ठुलो चाड दीपावली तथा छठ पर्वको अवशरमा सम्पूर्ण दाङ देउखुरीबासीमा शुभकामना व्यक्त गर्नु भएको छ ।

अनुराग खड्काले दिएको शुभ कामना संदेश –
तिहार विशेषतः नेपाली हिन्दूहरूको दोस्रो ठूलो पर्व मध्ये एक हो । दशैंसँगै आउने यस पर्वसँग पनि यस्तो शक्ति र महिमा छ । जसका कारण बिभिन्न रहर, बाध्यता, परिवन्द, आंकाक्षाहरुले परदेशिएकादेखि घरदेशमै भौगोलिक रुपमा टाढा भएकाहरुलाई पनि आफ्ना दाजुभाई या दिदीबहिनी र आफन्त सम्म पुर्याउने सामर्थ्य राख्छ । दशैं, तिहार जस्ता महान पर्वहरु नभएको भए सायदै मानिसहरु आफ्नो घर, परिवार, दिदीबहिनी, दाजुभाई बीचको सम्बन्ध र भेटघाट पनि प्रविधिमा खुम्चेर सिमित हुँदो हो । किनकी अहिले बालकदेखि बृद्ध सम्मका मानिसलाई पैसा र प्रविधिको मोहले यसरी नियन्त्रण गरेको छ की जहाँबाट उनीहरु निक्लिन सहज अवस्था देखिन्न । अतः यस्ता पर्वहरुको ऐतिहासिकता, महत्वलाई अझै बढावा दिने गरि मनाउन आवश्यक छ । हरेक बर्ष मनाइने चाडपर्वको सँस्कृति, परम्पराकोे निरन्तरता मात्र होइन, यसले व्यक्ति व्यक्ति, परिवार, समाज, देश र दायित्व सम्झाउन अभुतपूर्व भुमिका खेलेको छ । तपाई सम्पुर्णमा तिहारको शुभकामना…………….

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्