गठबन्धनका उम्मेदवार “अनुराग” लाई बुद्धिजीवीबर्गको आशीर्वाद, “चुनाव जित्नु होला”

दाङ समाचार
दाङ समाचार ११ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – लमही क्षेत्रका बुद्धिजीवीहरुले दाङ -१ “ख” का उम्मेदवार अनुराग खड्कालाई आफ्नो बाबू खुमबहादुर खड्काले जस्तै विकासको मुल फुटाउन आग्रह गर्नु भएको छ । पाँच दलिय गठबन्धनका साझा उम्मेदवार रहेका खड्कालाई लमहीको रातोडाँडामा भेटघाटका क्रममा सो कुरा बताउनु भएको हो ।

आगामी मंसिर ४ गतेको निर्वाचनमा अत्याधिक मत लिएर निर्वाचित हुनका लागि शुभ कामना दिदै बाबुले देखाएको बाटो पच्छ्याउन पनि उहाँहरुले आग्रह गर्नु भएको छ । तपाईंले चुनाव जित्नु पर्छ, अहिले देशैभर युवाहरूको क्रेज छ, जनताको समस्या बुझेर सम्बोधन गर्दिनु होला यहि हाम्रो अपेक्षा हो”- स्थानीय व्यवसायी प्रकाश खनालले भन्नू भयो ।

पछिल्लो समयमा राजनीति दलप्रती जनताको वितृष्णा पैदा भएको भन्दै ती कुराहरुलाई चिरफार गरेर अगाडी बढ्दा उत्तम हुने शिक्षक कुलचन्द्र पौडेलले सुझाव दिनु भएको छ ।

“तपाईंको बुवाले पार्टी हेर्नू हुँदैनथ्य्यो, दु:ख पाएका दुखीहरुको सारथि हुनुहुन्थ्यो । बुवाले गरेको कामको निरन्तर दिनु होला । स्वर्गीय खुम बहादुर खड्काले पुर्व मेची देखि पश्चिम काली सम्म विकासका मुल फुटाउनु भएको थियो । त्यसैगरी तपाईंले पनि काम गर्नु होला” – बुद्धिजीवी मिनराज घिमिरेले भन्नू भयो ।

राजधानी आयो भन्ने आभास मात्र भयो तर अनुभुति गर्न पायनौ । अब त्यो कुरा तर्फ तपाईंको ध्यान जाओस”- अर्का बुद्धिजीवी नारायण भुसाले भन्नू भयो ।

बुद्धिजीवीसंगको भेटघाटका क्रममा उम्मेदवार अनुराग खड्काले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा आफ्नो विशेष ध्यान रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै राजधानी कार्यान्वयनका पक्षमा पनि आफुले आवाज उठाउने उहाँको भनाई छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्