मोटरसाइकल अनियन्त्रित हुँदा बस्नेतको मृत्यु

दाङ समाचार
दाङ समाचार १२ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

दाङ – तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – १७ मज्गैं निवासी २४ वर्षिय रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

शुक्रबार पौने ९ बजेतिर तुलसीपुर उपमहागनरपालिका – ६ मदन आश्रितचोक नजिकै रा ७ प १६२९ मोटरसाइकल अनियन्त्रित भएर पल्टिंदा बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्