दाङ – तुलसीपुरको दमारगाउँमा आज मंगलवार देखि नगर स्तरिय पुरुष फुटबल प्रतियोगिता २०७९ शुरु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका- ३ को आयोजनामा संचालित प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका- ३ का अध्यक्ष वीर बहादुर विकले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी विकले स्वास्थ्य र अनुशासनको मुख्य मेरुदण्ड सिङ्गो खेलकुद क्षेत्र भएको बताउनु भएको छ ।
खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अंग हो, यसको उच्च आदर्शलाई बचाई राख्न वडाले वार्षिक क्यालेन्डरमै कार्तिक १५ लाई खेलकुद महोत्सवका रुपमा मनाउने निर्णयका साथ अगाडी बढेको बताउनु भयो ।
अब वडाले आगामी वर्ष देखि कार्तिक १५ लाई खेलकुद महोत्सवकै रुपमा मनाउँछ महोत्सवमा सहभागी हुने वडाले त्यसको अग्रिम तयारी थाल्न पनि उहाँले आग्रह गर्नु भयो ।
उद्घाटन समारोह प्रतियोगिता संचालन समितिका संयोजक राजेन्द्र गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष वीर बहादुर विकको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य टेक बहादुर विक, लुम्बिनी प्रदेश फुटबल संघका मानार्थ उपाध्यक्ष प्रेम प्रकाश मल्ल, दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठको बिशिष्ठ आतिथ्य भएको थियो ।
वडा नं. ३ का कार्यालय सचिब तुलाराम केसीको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
यसैबिच प्रतियोगिता अन्तरगत आज मंगलवार भएको खेलमा वडा नं. १५ ले बिजयी यात्रा सुरु गरेको छ ।
वडा नं. १० लाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै वडा नं. १५ ले बिजयी सुरुवात गरेको हो । खेलको दोस्रो हाफको ३१ औं मिनेटमा जर्सी नं. १२ का रेशम चौधरीले गरेको गोल नै निर्णायक गोल सावित भयो ।
प्रतियोगिता अवधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरी शर्मा, खुम बहादुर वली र बिनोद विक रहनु भएको छ ।
प्रतियोगिता अन्तरगत बुधवार बिहान सात बजे हुने पहिलो खेलमा वडा नं. ७ र वडा नं १४ भिड्नेछ । त्यस्तै दोस्रो खेलमा वडा नं. १२ र ४ भिड्ने प्रतियोगिताका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनु भएको छ ।
एक साता सम्म चल्ने प्रतियोगितामा नगर क्षेत्रका १२ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्