विक्रेता वाली स्थल अनुगमन कार्यक्रम सम्पन्न

दाङ समाचार
दाङ समाचार १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

देविराम कुसारी – दाङ 

महिन्द्रा एग्रि साेलशन लिमिटेडकाे आयाेजनामा विक्रेता वाली स्थल अनुगमन कार्यक्रम सम्पन्न भएकाे छ । तुलसीपुर क्षेत्रका एग्राे सञ्चाल तथा किसानहरुकाे संयुक्त टाेलिदाई तुलसीपुर उप-महानगरपालिकाल ११ काे उरहरीमा अनुगमन गराईएकाे लिमिटेडका एरिया म्यानेजर अखिलेस यादवले जानकारी दिनुभएकाे छ ।

अनुगमनका क्रममा एम पी ३०३० ( MP 3030) धान खेतिकाे अनुगमन गरिएकाे थियाे । अनुगमनका क्रममा अन्य धान र एम पि ३०३० धानमा तुलना गर्दा एम पि धान बढि फलेकाे र राेग कम लागेकाे पाईएकाे विटि अग्राेभेटका सञ्चालक निर्मल आचार्यले जानकारी दिनुभयाे ।

नयाँ प्रविधि अपनाइएकाे याे धान अहिले कृषककाे राेजाईमा परेकाे पृथ्वी एग्राेभेटका सञ्चालक बाबुराम बरालले वताउनु भयाे । एम पि ३०३० धान लगाउदा किसनले अन्य धान भन्दा बढी आम्दानि लिन सक्ने कम्पनिका जिल्ला प्रमुख शंकर डाँगीले बताउनुभयाे । अनुगमनका क्रममा अन्य धान खेती र एम पि ३०३० धान खेतिकाे प्लटिङ गरि अनुगमन गरिएकाे थियाे ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्