देविराम कुसारी – दाङ
क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका लागि गठवन्धनका उमेदवार दिपक गिरीले जनजिविकाकाे अवस्था बदल्ने गठवन्धनलाई भएकाे बताउनु भयाे ।
काँग्रेसकाे नेतृत्व तथा माओवादीकाे साझेदारीमा देशमा २०६२/६३ काे जन अन्दाेलन सफल भएकाे गिरीले दावी गर्नुभयाे । यी दुई पार्टिकाे याेगदानले नै देशमा गणतन्त्रकाे जग बसेको र लाेकतान्त्रीक व्यवस्था कायम भएकाे उमेदवार गिरीले बताउनु भयो ।
काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका उमेदवार गिरीले व्यवस्था पनि आफुले बदलेको र अवस्था बदल्ने अधिकार पनि गठवन्धनलाई नै भएकाे दावी गर्नुभयाे । शिशुको माया जन्मदातालाई मात्रै हुने भएकाे हुँदा जनताले शिशुलाई हुर्काउने र बढाउने जनअधिकार पनि गठवन्धनलाई हुने उहाँको दावी छ ।
गठवन्धन चुनाव प्रचारप्रसार समिति तुलसीपुर- ११ ले उरहरीमा आयाेजना गरेकाे चुनावि सभालाई सम्बाेधन गर्दै गठवन्धनका प्रदेश ३ ख (२) का उमेदवार धनबहादुर मास्कीले देशलाई अफ्ठ्याराे पर्दा आफुहरु एक ठाउँमा उभिदै आएकाे बताउनु भयाे । पछिल्लो समयमा एमाले पनि निरंकुस हुँदै संविधानकाे हत्या गर्ने षडयन्त्र गर्न थाले पछि फेरी पनि आफुहरु एकै ठाउमा उभिएकाे मास्कीको भनाई छ ।
प्रचाप्रसर संयाेजक हेमबहादुर वलीको अध्यक्षतामा भएकाे चुनावी सभामा नेकाका महाधिवेशन प्रतिनिध केशब आचार्य, देविका नेपाली, माओवादी केन्द्रका खम्कु राेकाय, गाेपाल मल्ल, समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली लगाएतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्