जनताले गुनासो नगर्ने गरि काम गर्नेछु- अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २३ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

दाङ – निर्वाचन क्षेत्र नम्बर १ ” ख” मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का उम्मेदवार बन्नु भएको छ । गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा यो क्षेत्रमा खड्काको पार्टी नेपाली कांग्रेस पहिलो स्थानमा छ ।

पहिलो भएको कांग्रेस र सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी समेतको समर्थनमा चुनाव लड्दै गरेका खड्काको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीसंग हुँदैछ ।

यस अघि निर्वाचित भएर नगरपालिका प्रमुख र प्रदेश सभाका सांसद भएका एमालेका नेताहरुले यो क्षेत्रमा विकासका नाममा सिन्को नभाँचेको यस क्षेत्रका मतदाताको गुनासो छ । एमालेका नेताहरु बाट आजित बनेका कार्यकर्ताहरु यस पटकको निर्वाचनमा युवा नेतालाई भोट दिनु पर्छ भन्नेहरुको जमात बढ्दो छ ।

नपाली कांग्रेसका शक्तिशाली नेताका रुपमा चिनिने स्वर्गीय नेता खुमबहादुर खड्काका पुत्र अनुराग खड्का भन्नु हुन्छ, ” पहिलो पटकको गेममा नै गोल हान्ने छु”-। जनताले काम नगर्ने राजनीतिका खेलाडी पहिचान गरि सकेका छन्, अब जनतालाई झुक्याउने खेल नखेल्दा हुन्छ’- अनुरागले भन्नु भयो ।

खड्का भन्नु हुन्छ’- चुनावी अभियानका बेला म सबै बस्तीमा पुग्ने गरेको छु, एमालेका नेताहरुले गरेको व्यवहारको बारे जनताले गुनासो गर्नु हुन्छ, विकास गरेर देखाउलान भनेर भोट हालियो तर आफ्ना मान्छे भर्ति गर्ने, घुसखोरीलाई प्रसय दिने, जस्ता कर्मकाण्ड गरेको कारण अब एमालेलाई पाखा लगाउने जस्ता कुराहरु राख्नु हुन्छ’- उहाँले भन्नु भयो।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्