मेरो जित नै समग्र युवाको जित हुनेछ – अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २८ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa
Exif_JPEG_420

दाङ – नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा दाङ -१ प्रदेश ‘ख’ बाट पाँच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले आफुले जिते समग्र युवाहरुको जित हुने बताउनु भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ‘ख’ अन्तर्गत राजपुर गाउँपालिका- ४ मुंग्रेठाखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका साझा उम्मेदवार खड्काले सो कुरा बताउनु भएको हो।

चुनावी सभामा उपस्थित युवाहरुलाई सम्बोधन गर्दै उम्मेदवार खड्काले भन्नु भयो ‘ म २७ वर्षको युवालाई प्रदेश सभाको टिकट दिएर चुनावी मोर्चामा धकेल्नु भनेको अब देशले युवाहरु खोजि रहेको छ, अब यो देशको नेतृत्व युवाहरुले गर्नु पर्छ भन्ने संदेश हो’।

त्यहाँका स्थानीय राखेका गुनासोलाई समाधान गर्न आफुले प्रदेश सभाको निर्वाचन जिते पनि र चुनाव नजिते पनि पहल गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो। खासगरी त्यस क्षेत्रमा सडक, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक देखिएको छ, मैले गाउँपालिकाबाट समाधान हुन् सक्ने समस्याहरु मङ्सिर ४ पछि तुरुन्तै गरि दिन आग्रह गरेको छु, अन्य समस्याहरु प्रदेश हुँदै केन्द्रबाट सम्बोधन हुने गरि पहल थाल्ने छु, यो कुरामा सबैजना ढुक्क रहनु होला’- खड्काले भन्नु भयो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्