मङ्सिर १ देखि ५ गते सम्म लमहीका विद्यालय बन्द हुने

दाङ समाचार
दाङ समाचार ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरु यहि मङ्सिर १ गते देखि मङ्सिर ५ गते सम्मका लागि बन्द हुने भएका छन । मतदानस्थल रहेका शिक्षण संस्थाहरुमा यहि मङ्सिर २ देखि ५ गते सम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मङ्सिर ४ र ५ गते सार्वजनिक विदा दिने नेपाल सरकारले निर्णय गरेको छ ।

यहि मङ्सिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका कर्मचारीहरु निर्वाचनमा खटाइएको र केहि विद्यालयलाई मतदान केन्द्र तोकिएकोले विद्यालय बन्द गर्नु परेको लमही नगरपालिका शिक्षा शाखा प्रमुख रवीन्द्र क्षेत्रीले जानकारी दिए ।

No photo description available.

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्