चुनावका कारण जनकपुरको रेल सेवा चार दिन बन्द हुने

दाङ समाचार
दाङ समाचार ३० कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जनकपुर–जयनगर (नेपाल-भारत अन्तरदेशीय) रेल सेवा चार दिनका लागि बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा स्थगन गरेको हो । चारदिन स्थगन हुने रेल सेवा पुनः ५ गतेबाट सञ्चालन गरिने कम्पनीका प्रबन्ध सञ्चालक निरन्जनकुमार झाले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्