विराटनगरमा भेटियाे शंकास्पद वस्तु

दाङ समाचार
दाङ समाचार ३ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – विराटनगरमा शंकास्पद वस्तु भेटिएकाे छ। शनिबार बिहान करिब सवा ६ बजे महानगर ३ पुष्पमार्गमा बमजस्तो देखिने वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

सडक किनारमा रातो रङको झोलामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि आऊजाऊमा रोक लगाएको छ।

हाल शंकास्पद देखिएको वस्तुका बिस्तृत जानकारी लिने र निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ पुग्दै गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सेनाको टोलीले घटनास्थलमा जाँच गरेपछि मात्र शंकास्पद वस्तु बम हो कि हैन भनेर यकिन हुनेछ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्