प्रहरीको गोली लागेर बाजुरामा एकको मृत्यु

दाङ समाचार
दाङ समाचार ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो।

त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर-७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए।

प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।*

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गोली चले पनि मृत्यु भएको बारे आफूकाई जानकारी नभएको बताए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्