दाङ १ मा एकिकृत समाजवादीका मेटमणी चौधरीको अग्रता

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

दाङ – प्रतिनिधिसभा दाङ १ मा एकिकृत समाजवादीका मेटमणी चौधरीको अग्रताक्षेत्र नं १ मा एकिकृत समाजवादीले अग्रता लिएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीले नेकपा एमालेकी नेतृ शान्ता चौधरीलाई शुरुवाती चरण बाटै पछी पारिरहनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार ५२ सय ८५ मत गणना गर्दा एकिकृत समाजवादीका मेटमणि चौधरीले २०९९ मत प्राप्त गर्दै नेकपा एमालेकी शान्ता चौधरीलाई सात सय त्रिहत्तर मतले पछी पार्नु भएको छ । शान्ताले १३२६ मत प्राप्त गर्नु भएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले (घन्टी) १००९, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले (ढकिया) ४८९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै प्रदेशसभा तर्फ १(१) मा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले नेकपा एमालेका गंगाराम भट्टराईलाई झिनो मतले पछि अग्रता लिइरहनु भएको छ । ४३ सय ८६ मत गणना गर्दा गठबन्धनका उम्मेदवार ईन्द्रजित थारुले (हँसिया हतौडा) १५ सय ७५ लिनु भएको छ भने नेकपा एमालेका गंगाराम भट्टराईले (सुर्य) ः १४ सय ४२ मत प्राप्त गर्नु भएको छ ।

यस्तै प्रदेश १ (२) मा नेपाली काँग्रेसका अनुराग खड्काले एमालेका कुलवहादुर केसीलाई झन्डै साढे पांच सय मतले पछि पार्दै अग्रता लिइरहनु भएको छ । खड्काले १९३० मत प्राप्त गर्दा केसीले १३७३ मत लिंदै खड्कालाई पछ्याई रहनु भएको छ। दाङ –१ मा अहिले पनि मतगणना निरन्तर चलिरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्