डडेलधुरामा देउवा निर्वाचित

दाङ समाचार
दाङ समाचार ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित भएका हुन् । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसद चुनिएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहे उनले ७ हजार ५३५ मत पाएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्