पर्सा ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित

दाङ समाचार
दाङ समाचार ७ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका रिजाल निकटतम प्रतिद्वन्द्वीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पाँचदलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्