दाङ -१ बाट निर्वाचित जनप्रतिनिधिलाई विजयी प्रमाणपत्र बितरण

दाङ समाचार
दाङ समाचार ११ मंसिर २०७९, आईतवार
2 Min Read
Aa

दाङ -१ निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएका प्रदेश र प्रतिनिधि सभाका निर्वाचित उम्मेदवारलाई एक कार्यक्रमका विच प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रमाणपत्र ग्रहण गर्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले समग्र विकासका लागि आफ्नो अभियान जारि रहने बताउनु भयो । चुनावको समयमा आफुले जनता सामु राखेका एजेन्डालाई पूरा गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

निर्वाचन क्षेत्र नम्बर -१ स्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र बितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएका मेटमणी चौधरीले २६ हजार ५ सय ७६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

चाैधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ता चाैधरीलाई ५ हजार ८४ मतकाे फराकिलाे अन्तरले पराजित गर्नु भएको हो । शान्ता चौधरीले २१ हजार ५ सय ७९ मात्र मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै दाङ -१ प्रदेश “क” मा नेकपा माओवादीकेन्द्रका इन्द्रजित थारुले १३ हजार ५०७ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७२८ मत मात्र लिनु भएको छ । थारुले नेकपा एमालेका उम्मेदवार भट्टराईलाई १ हजार ७ सय ७५ मतान्तरले पराजित गर्नु भएको निर्वाचन अधिकृत मान बहादुर विष्टले जानकारी दिनु भयो ।

त्यसैगरी दाङ -१ “ख” मा नेपाली काङ्ग्रेसका उम्मेदवार अनुराग खड्काले १६ हजार २ सय ३७ मत प्राप्त गर्दै विजयी हासिल गर्नु भएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार कुल बहादुर केसीलाई ३ हजार ५२ मतले पराजित गर्नु भएको हो । केसीले १३ हजार १८२ मत पाउनु भएको छ ।

दाङ -१ मा जम्मा १ लाख ३४ हजार ७३३ मतदाता मध्य प्रदेश “क” मा ४० हजार १ सय ६ र प्रदेश “ख” मा ३८ हजार ५ सय ९२ गरि कुल ७८ हजार ६ सय ९८ मत खसेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्