काठमाण्डौ – लेदोसहितको बाढीका कारण इटालीमा केही मानिसको मृत्यु भएको छ भने अरू केही बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अहिलेसम्म मृत्यु हुने र बेपत्ताको तथ्यांक थाहा भएको छैन। तर स्थानीय सञ्चारमाध्यमले कम्तीमा ८ जनासम्मको मृत्यु भएको र १२ जना बेपत्ता रहेको उल्लेख गरेका छन्।
भीषण वर्षापछि आएको लेदोसहितको बाढीले इस्किया आइल्याण्डका घरहरू बगाएको हो। स्थानीय समय अनुसार शनिबार बिहान बाढी गएको हो।
लेदो तथा बुट्यानसहितको बाढी घर तथा सवारी-साधनलाई समुद्रमा लगेर मिसाएको हो।
खराब मौसमका कारण उद्धारकार्य प्रभावित भएको छ। नजिकको ठूलो सहर नापेल्सबाट उद्धारकर्मी पुगेको छन्।

प्रतिक्रिया दिनुहोस्