मीन बहादुर केसी स्मृति कप फुटबल हुँदै

लक्ष्मण बस्नेत.
लक्ष्मण बस्नेत. १२ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

दाङ – तुलसीपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ ।

टाईगर युवा क्लब तुलसीपुर – ३ दमारगाउँको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर १४ गते बुधबार देखि सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टाईगर युवा क्लब तुलसीपुर – ३ दमारगाउँ र युवा संजाल भिड्नेछन ।

फुटबल खेलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहने आयोजक टाईगर युवा क्लबका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनु भएकोछ ।

एक साता सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष गुरुङले बताउनुभयो । त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ ।

यसैबीच प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संचालन समितिका संयोजक सुरबिर गुरुङले जानकारी दिनु भएको छ ।

लक्ष्मण बस्नेत.

प्रतिक्रिया दिनुहोस्