मीन बहादुर केसी स्मृति कप फुटबल सुरु,युवा संजालको विजयी सुरुवात

लक्ष्मण बस्नेत.
लक्ष्मण बस्नेत. १४ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

दाङ – तुलसीपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ आज बुधाबार देखि सुरु भएको छ ।

टाईगर युवा क्लब तुलसीपुर – ३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य दीपक गिरीले गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गिरीले स्थानीय स्तरबाटै खेलकुदको विकास गर्नु पर्ने बताउनु भएको छ ।

राष्ट्रको सान र गौरव बोकेको खेलकुदको विकास अब केन्द्रको मुख ताकेर मात्र हुदैन अब हामी स्थानीय स्तरबाटै यसको विकासमा लाग्छौ उहाँले भन्नू भयो ।

कार्यक्रमको उद्घाटन समारोह आयोजक टाईगरका अध्यक्ष दिनेश गुरुङको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीकोको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा स्वर्गीय मीन बहादुर केसीका बुवा चेत बहादुर केसी,धर्मपत्नी छवि केसी, दाङ जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष सुशील श्रेष्ठ, महासचिव लक्ष्मण बस्नेत, अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त खरेल, कमलजंग गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन टाईगर क्लबका संस्थापक अध्यक्ष प्रेमप्रकाश मल्लले गर्नु भएको थियो ।

यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा युवा संजाल तुलसीपुर -३ ले विजयी सुरुवात गरेको छ । आयोजक टाईगर युवा क्लब तुलसीपुर -३ दमारगाउँ “बि”लाई एकका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै युवा संजालले विजयी सुरुवात गरेको प्रतियोगिताका संयोजक सुरबिर गुरुङले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अन्तरगत भोलि बिहिवार तीन खेल हुनेछ्न । असअनुसार बिहान साढे सात बजे हुने पहिलो खेलमा ज्ञान ज्योती क्लब तुलसीपुर कालो र तुलसीपुर -१६ भिड्नेछन् ।

फुटबल खेलको विकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको छ ।
एक साता सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ ।

लक्ष्मण बस्नेत.

प्रतिक्रिया दिनुहोस्