दाङ – नेपाल गोजु- रियो कराँते बेलझुण्डी डोजोको आयोजनामा प्रथम लुम्बिनी प्रदेश स्तरिय खुला कराँते प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
दुईदिन सम्म संचालित प्रतियोगितामा कपिलस्तु जिल्ला प्रथम, बर्दिया द्वितिय र दाङ जिल्ला तृतीय भएका छन् ।
स्थानीय स्तरमा कराँते खेलको विकास र बिस्तारमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ, बर्दिया,कपिलवस्तु लगाएतका जिल्लाका खेलाडीको सहभागिता रहेको थियो ।
नेपाल गोजु- रियो कराँते बेल्झुण्डी डोजोका प्रमुख प्रशिक्षक तारा बहादुर वलीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको प्रमुख आतिथ्य एवं नेपाल सितोरियो कराँते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बल राज नेपालीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बिजेता खेलाडी लाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको मुख्य रेफ्रीमा एशियन रेफ्री पेम्बा तामाङ रहनु भएको थियो ।
सो अबसरम प्रतियोगिता भब्य एवं सभ्य रुपले सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने तुलसीपुर उपमहानगर नगरपालिका कार्यालय, तुलसीपुर उपमहानगरपालिका – १७ र १८, नेपाल गोजु-रियो कराँतेका स्वयंसेवक प्रशिक्षक बिकास डाँगी, घनश्याम गिरी खेलप्रेमी प्रवीण चौधरी प्रती हर्दिक आभार तथा धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रमको संचालन नेपाल सितोरियो कराँते संघ दाङका सचिव मोहलाल थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्