काठमाडौं – प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनु भएको छ ।
कार्कीले आइतबार काउन्सिल पुगेर राजीनामा पत्र बुझाउनु भएको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले डा.कार्कीको राजीनामा प्राप्त भएको पुष्टि गर्नु भएको छ । कार्की मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्