विना गरन्जा
दाङ – दंगिशरण गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २ सय बढी बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
ग्रामिण विकासका लागि चाइना फाउन्डेसनको आर्थिक सहयोग तथा ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको आयोजनामा २ सय २६ जना विद्यार्थीहरुका लागी शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
सिद्ध पृथ्वी जनता उच्च मावि श्रीगाउँमा मगलबार शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम आयोजना गरी विद्यालयका २ सय २६ जना विद्यार्थीलाई सामाग्री हस्तान्तरण गरीएको हो ।
फाउन्डेसनले शान्तिनगर, दंगिशरण र बबई गाउँपालिकाका १५ वटा विद्यालयमा कार्यक्रम अगाडी बढाएको बेस संस्थाकी निर्देशक पिंकी डाँगीले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिलाधर गौतमको अध्यक्षता तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्य एवम वडा नम्बर ६ का अध्यक्ष रोशण शाहको बिशिष्ठ आतिथ्यमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्