तारा एयरको जहाजमा चरा ठोक्कियो

दाङ समाचार
दाङ समाचार २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ– हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।

अदानचुली गाउँपालिकाको मुने लेक नजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरका कर्मचारीले जानकारी दिएका छन् ।

दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । जहाजमा सवार चालक दलका सबै सदस्य सिमकोट विमानस्थल अवतरण गरेका छन् । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्