दाङ – तुलसीपुरको दमारगाउँमा संचालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधी आयोजक टाईगर युवा क्लब तुलसीपुर – ३ ले जितेको छ ।
टाईगर युवा क्लब तुलसीपुर – ३ दमारगाउँको आयोजनामा संचालित प्रतियोगिताको आज बिहिवार सम्पन्न फाइनल खेलमा ज्ञानज्योती फुटबल क्लब तुलसीपुर -६ लाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै टाईगर युवा क्लबले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद एक लाख तीस हजार,कप, मेडल तथा प्रमाणपत्र हात पार्यो । फाइनलमा हार ब्यहोरेको ज्ञान ज्योती उपबिजेतामा सिमित रहदै नगद पैसट्ठि हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
उल्लेख्य दर्शकको उपस्थिमा टाईगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफको समाप्ति सम्म गोल रहित बराबरी भएपनी दोस्रो हाफ्को ९ औ मिनेटमा जर्सी न १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिम लाई १-० को अग्रता दिलाए ।
त्यस्तै जर्सि नम्बर ५ का बिजय सिंह ठकुरीले दोस्रो हाफको १८ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई दुई सुन्यको जित निकाल्न सफल भए । फुटबल खेलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने मुख्य उदेश्यका आयोजना गरिएको प्रतियोगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको थियो।
यसैबिच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबिर गुरुङको अध्यक्षता तथा ९९ वर्षिय बयोबृद समाजसेवी ब्यक्तित्व तिलक बहादुर मल्लको प्रमुख आतिथ्य एव लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य टेक बहादुर विकको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा विजेता, उपविजेता तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । क्लबका सल्लाहकार इन्द्र पुनको स्वागत रहेको कार्यक्रमको संचालन क्लबका संस्थापक अध्यक्ष प्रेम प्रकाश मल्लले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्