निजि क्षेत्रसंग सहकार्य गरेर अगाडी बढ्छौ – नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २४ मंसिर २०७९, शनिबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले निजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने बताउनु भएको छ । सेवाग्राहीलाई सन्तुष्ट हुने गरि सेवा प्रबाह गर्नुस, स्थानीय सरकार सधैं तपाईंहरुको पक्षमा हुनेछ”- नगर प्रमुख चौधरीले भन्नू भयो ।

एक फरक प्रसंग जोड्दै नगर प्रमुख चौधरीले लमही अस्पताल व्यवस्थापन, बजार व्यवस्थापन जस्ता महत्त्वपूर्ण कुरालाई पनि सबैसंग समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो ।

देउखुरी उद्योग वाणिज्य संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

संघको वार्षिक प्रतिवेदन संघका सचिब वसन्त कुमार भण्डारीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष जागेश्वर बसेलले प्रस्तुत गर्नु भएको थियो ।

देउखुरी होटल व्यवसायी संघका अध्यक्ष नारायण भुसाल, लमही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जंग वहादुर चौधरी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष लिला शाहले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण वहादुर बुढाथोकी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खीम वहादुर बुढा, राप्ती उद्योग वाणिज्य संघका उपाध्यक्ष बाबुराम थापाले पनि उद्योग वाणिज्य संघले व्यवसायीहरुको हकहितमा काम गर्नु पर्ने भन्दै शुभ कामना दिनु भएको छ ।

हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्री, दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण प्रसाद आचार्य, वर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, देउखुरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सोभाकर घिमिरे, राष्ट्रिय जनमोर्चाका तारा प्रसाद खनाल, नेकपा एमालेका जिल्ला सदस्य अब्जर अलिले पनि शुभ कामना दिनु भएको थियो ।

त्यसैगरी लमही आँखा अस्पतालका प्रशासनिक समितिका सदस्य घनश्याम सुवेदी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष केशवराज पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष जागेश्वर बसेलले गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्