दाङ – नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले विपद्को समयमा नागरिकलाई सहि र भ्रमरहित सूचना दिन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल प्रेस युनियन दाङ शाखाको नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदहस्तान्तरण तथा बिपदमा पत्रकारिताको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पोख्रेलले संकटको समयमा नागरिकलाई सही र तथ्य सूचना दिन र संकटको समयमा सरकारलाई जिम्मेवार बनाउनमा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन ।
पत्रकारले विपद्को समयमा जिम्मेवार, सहज र सचेत भएर समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै पोख्रेलले भने,‘संकटको समयमा नागरिकलाई सही, भ्रमरहित र विश्वसनीय सूचना दिनु नै पत्रकारको पहिलो कर्तव्य हो । त्यसका लागि पत्रकार स्वय समेत भएर रिपोटिङमा ध्यान दिनुपर्छ ।’ साथै पोख्रेलले विपद् व्यवस्थापन, उद्धार र राहत कार्यमा सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन सञ्चार माध्यमले सजकतासँगै पत्रकारले संवेदनशील परिस्थितिमा सुरक्षित र सचेत रहनुपर्ने बताएका थिए ।
‘सबै ठिक छ’ भन्ने सतही भनाइभन्दा घटनाको यथार्थता बुझेर सही सूचना प्रवाहमा ध्यान दिनुपर्ने पोख्रेलको भनाई थियो । साथै उनले स्थानीय सरकारलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने भउकाले त्यसतर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले संकटको समयमा पत्रकार सचेत बन्नुपर्ने बताए ।
बिपदसँगै आर्थिक संकटका कारण पत्रकारिता क्षेत्र स्वयम आफै संकटमा पर्दा पत्रकारिता क्षेत्र नै गम्भीर संकटबाट गुज्रिरहेको बताएका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य केपी घिमिरेले जिम्मेवार र पूर्ण पत्रकारिताको खाँचो औंल्याउँदै प्रेस युनियनले लमहीमा रहेको आफ्नो जग्गामा भवन निर्माणलाई अघि बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य देवेन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियन दाङकी निवर्तमान सल्लाहकार बसुन्धरा गौतम, प्रेस युनियन दाङका निवर्तमान अध्यक्ष नारायण खड्कालगायतले मन्तव्य व्यक्त गर्दै संकटको समयमा पनि सत्य तथ्यमा आधारित निष्ठावान पत्रकारिताको आवश्यकतामा जोड दिदै आफ्नो पेसागत मर्यादादेखि डगमगराउन नहुनेमा जोड दिएका थिए ।
साथै कसैलाई पनि अनावश्यक असर नपुग्ने गरी तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्ने र मूलधारका सञ्चारमाध्यम झन् सबल हुनुपर्ने जोड दिएका थिए । उनीहरुले नवनिर्वाचित कार्यसमितिलाई वर्तमान समयमा पत्रकारितामा देखिएका संकटलाई हटाउँदै पत्रकारिताको पेसागत हकहित र क्षमता विकासमा ध्यान दिदै सामाजिक विषयमा समेत अन्तरक्रियात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण खड्का,सचिव अमरक्षितिज भण्डारी र कोषाध्यक्ष लीलाधर वलीले नवनिर्वाचित अध्यक्ष आर.के.शितल, सचिव लीलाधर वली र कोषाध्यक्ष प्रिया स्मृती गजमेरलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । प्रेस युनियन दाङकी निवर्तमान उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको पदहस्तान्तरण कार्यक्रमको सहजीकरण निवर्तमान सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।
पद हस्तान्तरणपछि प्रेस युनियन दाङका नवनिर्वाचित अध्यक्ष आर.के. शीतलको अध्यक्षतामा बसेको पहिलो बैठकले निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन समिति, निवर्तमान जिल्ला कार्यसमिति, केन्द्रीय प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य, साधारण सदस्यसँगै अग्रज सवैलाई धन्यावाद ज्ञापन गरेको छ । साथै प्रेस युनियन दाङको नियमित बैठक प्रत्येक महिनाको अन्तिम शनिवार बस्ने निर्णय गरेको छ । बैठकको सहजीकरण सचिव लीलाधर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्