काठमाण्डौ– सुतिरहेकी श्रीमतीलाई बन्चरो प्रहार गरि एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेका छन ।
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका -५ शान्तिनगरमा ३५ वर्षीय वीरेन्द्र यादवले सुतिरहेकी श्रीमती २७ वर्षीया रितादेवी यादवलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
बञ्चरो आक्रमणबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरस्थित काव्या अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई उपचारपूर्व नै मृत घोषणा गरेका थिए ।
वीरेन्द्रलाई सोमबार बिहान पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्