काठमाडौँ – आज बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर १ लाख ३०० रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५०० रुपैयाँ निर्धारण भएको थियो। यता, बिहीबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ।
धबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्