पुस्तकालयद्वारा उद्धमशिलता तालिम शुरु

दाङ समाचार
दाङ समाचार ३ पुष २०७९, आईतवार
2 Min Read
Aa

दुख हरण यादव

गढवा – देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको आयोजना र रिड नेपालको सहयोगमा ३ दिने आधारभुत उद्द्यमशिलता तालिम गढवामा शुरु भएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षता र गढवा गाउँपालिका – ६ का वडा अध्यक्ष वीरवहादुर आलेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३ दिन सम्म संचालन हुने छ ।

उद्धमशिलता भनेको के हो ? ब्यबसायको महत्व,असल ब्यबसायिको गुणहरु,ब्यबसाय प्रबर्द्धनका उपाय,सफल ब्यबसायि बन्न आवश्यक तत्वहरु, बिक्री प्रबर्धन,ब्यबसायिक योजनाको तयारि लगायत विषयमा तालिम दिइने प्रशिक्षक राजेन्द्र रायमाझीले बताउनु भयो ।

बिभिन्न समुहमा रहेका अति बिपन्न तथा फरक क्षमता भएका ब्यक्तिहरुको उद्धमसिलता सक्षमता विकास गरि स्वरोजगारका साथै लघु ब्यबसाय शृजना गर्न सक्ने उद्देश्य रहेको र यो आधारभुत तालिम पश्चात एड्भान्स तालिमको आयोजना गरिने श्रोत केन्द्रकी अध्यक्ष ओभा पाठकले जानकारी दिनु भयो ।

त्यस्तै गरि प्रमुख अथिति आलेले तालिम पश्चात आफुले सिकेको कुरा ब्यबहारमा लागु गर्नु पर्ने बताउदै सिप भएका ब्यक्तिलाइ वडाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

त्यसै गरि कार्यक्रममा नेपाल सरकारका पुर्व अर्थ सचिव शान्न्तराज सुवेदीद्वारा लिखित ५ थान पुस्तकहरु निजका भाइ टोपलाल सुवेदीद्वारा पुस्तकालयलाई हस्तान्तरण गरिएको छ । यसैगरी लेखक कल्पना खरेल द्वारा लिखित ४ थान पुस्तकहरु पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको हो । पुस्तक प्रदान गर्नुहुने दुवैजनालाइ धन्यवाद प्रदान गरिएको छ ।

पुस्तकालयका उपाध्यक्ष नारायण पन्डितको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन सचिव शिवराज पन्थीले गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्