राजनीतिमा विद्रोहको प्रतिबिम्व : उदाउँदा गगनको हस्तक्षेप

दाङ समाचार
दाङ समाचार ६ पुष २०७९, बुधबार
5 Min Read
Aa

नवराज सुवेदी ‘मून’

आज गगन थापा नेपाली काँग्रेस जस्तो पुरानो र जाम भएर बसेका एक से एक नेतृत्वहरुको विच बाट पार्टी र सत्ता सञ्चालनको केन्द्रमा हस्तक्षेप गर्न सक्ने औकातमा कसरी पुगे ? भनेर प्रश्न गर्ने हो भने, त्यसको सम्पूर्ण जस नेपाली समाजमा तिब्र विकास भइरहेको सामाजिक चेतना र परिर्वतनका लागी भइरहेका विद्रोहको चाँपलाई जान्छ । समय र समाजको बहावसँगै आफुलाई रुपान्तरण गर्न सक्ने क्षमता जुन राजनीतिकर्मीमा छ, त्यही राजनीतिकर्मीले नै अवको पुस्ताको भावना र आवस्यकता सँग आफुलाई एकाकार गराएर अगाडी बढन सक्छ ।

राजनीतिको ट्रेन्ड पछ्याउन लाग्दा :

नेपाली राजनीतिमा नेतृत्व परिक्षणको गति मुख्य राजनीतिक दलहरु भित्र देखिएको अलोकतान्त्रीक एवं कम्पनी चरित्रका कारण विगतका ४ दशकसम्म दलहरुमा एउटै नेतृत्वले कार्यकारी भुमिकामा रहयो । राजनीतिक दलहरुमा मात्र यो कुरा रहेन राज्य सत्ता सञ्चालनको सवालमा पनि उहि अवस्था रहेको छ । आज भन्दा ४० बर्ष अगाडी मुख्य राजनीतिक दल का मुख्य नेतृत्व जुन जुन थिए आज पनि उनिहरु नै छन । त्यस्तै सरकार प्रमुखमा पनि जुन जुन पात्रहरु थिए तिनै पात्रहरुले देश चलाईरहेका छन ।

समय र समाज भने निकै अगाढी बढीसक्यो, समयको माग समाजको सोच सँग ४ दशक सम्म जाम भएर बसेको उहि पुरानो थोत्रो नेतृत्व मेल खान छाड्यो । फलस्वरुप पुराना राजनीतिक दलहरु प्रति नागरिकहरुको वितृष्णाको तह व्यापक रुपमा बढ्ेर गएको छ । जस्का संकेतहरु स्थानिय तहको निर्वाचन हुदै प्रदेश र प्रतिनिधिसभाको र्निवाचनका परिणामहरुले देखाउदै गएकाछन ।

अव विभिन्न सिद्धान्त र बादहरु भन्दा पनि परिणाममुखि काम गर्न सक्ने, समाजको भावना र आवस्यकता बुझ्न सक्ने नेतृत्वको खोजीमा नेपाली समाज भौतारीरहेको मेसेज यसपटको निर्वाचनबाट प्रष्ट रुपमा राजनीतिक दलहरुलाई जनताले दिइसकेका छन । नेपाली काँग्रेस पार्टी भित्र विश्वप्रकाश , गगन थापाहरुले प्रष्ट रुपमा पार्टी र सत्ता सञ्चालनका लागी हस्तक्षेपकारी भुमिका निर्वाहका लागी खुल्ला च्यालेन्जको थालनी हुनु पनि नेपाली समाजको आवस्यकताको उपज हो भन्न सकिन्छ ।

राजनीतिमा आफ्नै अस्तीत्वको रक्षा एवं समाजको आवस्यकतालाई सम्वोधन गर्ने गरि अगाडी बढेका यूवा नेतृत्वहरुमा गगन थापाहरुले समाज र राजनीतिको लयलाई समात्न खोजेका छन । मुख्य राजनीतिक दलहरुमा , एमाले र माओवादीका यूवा नेतृत्व भन्दा एक कदम अगाडी सरेर काँग्रेसका यूवाहरुमा देखिएको सामाजिक मनोविज्ञान बुझेर अगाडी बढ्ने चेतले आगामी दिनमा नेपाली समाजमा काँग्रेसको आयुलाई लम्वाइदिनेछ ।

पुस्तान्तरणको मनोविज्ञान

राजनीतिक दलहरु भित्र पुस्तान्तरणको मनोविज्ञानका कारण कतिपय नेतृत्वहरु, परिर्वतन र रुपान्तरणको यात्रामा ससंकित एवं दुविधाग्रस्त भएको पनि देखिन्छ । नयाँ पुस्तालाई खुलेयाम स्वागत गर्न निकै सकस पनि देखिन्छ । नेपाली काँग्रेस भित्र संसदिय दलको नेताको रुपमा शेरबहादुर देउवालाई निर्वाचन अगाडी देखि नै खुल्ला च्यालेन्ज गरेर चुनावमा होमिएका गगन आफ्नै समुह भित्र सर्वसम्मत हुन हम्मे हम्मे पर्यो । सेखर कोइरालाको महत्वाकाँक्षा, रुपान्तरणको यात्रामा दुविधाग्रस्त मनोविज्ञान वाट चलिरहका विचका नेतृत्वहरुको भावनाको उपज थियो ।

नेपाली काँग्रेस भित्र विद्रोह, चेतना, र रुपान्तरणको जवरजस्त अभियान छेडिरहेका गगन अव दसकौ देखि पार्टीलाई मुठ्ठीमा कब्जा गरेर राखेका नेता सेरवहादुर देउवा सँग आमने सामनेको हैसियतमा परिर्वतनको, रुपान्तरणको अनि नयाँ सोचको नेतृत्व गरेर संसदिय दलको नेतृत्वमा चुनौति दिने अवस्थामा पुगेका छन ।

के गर्लान काँग्रेसका सांसदहरु ?

नेपाली काँग्रेसभित्र, जनतावाट अनुमोदित भएका सांसदहरुको चेतना एवं जनताको परिर्वतनको भावनालाई प्रतिविम्वीत गर्न सक्ने हैसियतको परिक्षा हुदैछ । अवको समाजले चाहेको नेतृत्व , जनताको भावना अनि आफ्नो विबेकको प्रयोग गर्ने कि , राजनीतिक रुपमा कुनै एउटा लिगेसीको सधै दास बनेर बस्ने भन्ने प्रश्नको जवाफ काँग्रेसको संसदिय दलको चुनाव मार्फत देखाउनुपर्छ । काँग्रेस संसदीय दलको चुनावले पार्टी भित्र मात्र होइन सिङ्गो राजनीतिक दलहरुलाई परिर्वतनको आभाष गराउने गरि नयाँ नेतृत्व मार्फत काँग्रेस रुपान्तरणको यात्रामा एक कदम अगाडी छ भन्ने सन्देश प्रवाह गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।

गोप्य मतदान भएका कारण पनि गगनलाई प्रगतिशील सोच भएका रुपान्तरण चाहाने देउवा गुट भित्रका सांसदहरुले समेत सहयोग गर्ने अवस्था देखिएको छ । महाअधिवेशन देखिनै अनिर्णित बनेका रामचन्द्र पौडेलको भुमिका अनि उनका केहीथान साथीहरुको सहयोग कस्तो रहला भन्ने खालको कौतुहलता भने जिवितै छ । जे होस काँग्रेस भित्र आन्तरिक लोकतन्त्र मार्फत रुपान्तरण र परिर्वतनको सन्देश प्रवाह हुने मौकालाई एउटा अभुतपूर्व अवसर अनि राजनीतिक सन्देशको रुपमा नवनिर्वाचित सँसदहरुले यो निर्वाचनलाई लिने धेरैले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्