भट्टराईको जन्म जयन्तीमा अन्तरक्रिया

दाङ समाचार
दाङ समाचार ८ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले नेपाली कांग्रेसका केन्द्रिय पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सन्त नेता स्व.कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्म जयन्ती मनाएको छ । एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर क्षेत्रले जन्म जयन्ती मनाएको हो । क्षेत्रिय समितिको आयोजनामा शुक्रवार घोराहीमा नगर, पालिका र वडा सभापतिहरुसँग संगठन सुद्धढिकरण विषयक अन्तरक्रिया गरेको हो ।

संगठन क्रियाशील बनाउनकालागी र कांग्रेसलाई झन् बलियो बनाउनका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले संगठन क्रियाशील भएमा पार्टि बलियो हुने भन्दै सबै आफ्नो स्थानबाट लाग्नुपर्ने बताएका थिए । स्वं कृष्णप्रसाद भट्टराईले देश र पार्टिकालागी पुर्याएको योगदान अतुलनिय रहेको भन्दै उहाँले सिकाएको बाटोमा लाग्नुपर्ने सहभागीहरुको भनाई थियो ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षता एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले पार्टिको निति नियम अनुसार संगठन गर्न सम्पूर्ण वडा सभापतिहरुलाई निर्देशन दिनुभयो । उहाँले भातृ संघ संघठनहरु गठन गरेर क्रियाशील बनाउन निर्देशन दिदै वडामा हुने समाजिक कार्यक्रममा सक्रीय सहभागीता जनाउन अनुरोध गर्नुभयो । उहाँले टोल र वडाको संगठन नै पार्टि बलियो बनाउने आधार भएकाले जिम्मेवारीपूर्वक लाग्न सबैमा अनुरोध पनि गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र नम्बर २ (२) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस घोराही उपमहानगरका सभापति तिलक रावत, नेपाली कांग्रेस बंगलाचुली गाँउपालिकाका सभापति जागेश्वर अधिकारी, घोराही ४ का सभापति नारायण जि.एम, ६ का सभापति धनबहादुर रोका, ७ का सभापति कर्णबहादुर बुढाथोकी, ८ का सभापति कुलप्रसाद रजौरे (श्रवण), ९ का सभापति महेन्द्रकुमार दाहाल, ११ का उपसभापति सुशील न्यौपाने, १४ का सभापति टेकबहादुर बुढाथोकी, १५ का सभापति सुनिल देवकोटा, १७ का सभापति बुझउना चौधरी, १८ का सभापति केशरबहादुर रावत, १९ का सभापति ज्ञानबहादुर रायमाझी, तुसीपुर उपमहानगरपालिका १६ का सभापति लिलाधर वली, बंगलाचुली गाँउपालिका ८ का सभापति ज्ञानबहादुर वलीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्