दाङ – राप्ती गाउँपालिका – १ भालुवाङबाट लागूऔषध (ब्राउन सुगर) सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बस्ने बर्ष २६ का अजय पुन मगर, सोही ठाउँ निवासी बर्ष २४ का खुमबहादुर खत्री र वर्ष १९ का बसन्त खत्री जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर वहादुर वलीले जानकारी दिनु भयो ।
सोमबार बेलुकी अन्दाजी ६ बजेको समयमा राप्ती गाउँपालिका वडा नं. १ माथिल्लो भालुबाङ स्थित नरबहादुर खत्रीको घरकोठामा लागु औषध (ब्राउन सुगर) को कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने उनीहरूलाई लागूऔषध सेवन गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिको प्रहरी प्रमुख वलीले बताउनु भयो ।
घरको अन्डरग्राउण्डमा समेत चेकजाँच गर्दा शौचालयको पानी निकास हुने पाईप भित्र उनिहरुले बिक्रीवितरणको लागि लुकाई छिपाई राखेको कालो प्लास्टिकको पोका फेला पारी उक्त पोका भित्र ५ ग्राम ४४ मिलि ग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताउनु भयो ।
पक्राउ तीनै जनालाई प्रहरी हिरासतमा राखी लागु औषध (ब्राउन सुगर ) कसुर अन्तर्गत दाङ जिल्ला अदालतबाट दिन ५ म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रवक्ता गौतमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्