भालुकाे आक्रमणबाट एक वृद्धकाे मृत्यु

दाङ समाचार
दाङ समाचार २० पुष २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौ – अर्घाखाँचीको शितगंगामा भालुको आक्रमणबाट एक वृद्धकाे मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका-२ झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्री रहेको प्रहरीले जनाएको छ।

उनलाई बुधबार बिहान ७ बजेको समयमा ओखारीबाट आरनमा भाँडा बनाउन झिर्रा आउने क्रममा ओखारीको जङ्गलमा भालुले आक्रमण गरेको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्