पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २२ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ– पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ खुर्सानेमा बिहीबार मध्येराति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

ग १ ख ४९७७ नम्बर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक शाहीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरी बुटवल पठाएको जानकारी दिए । बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको शाहीले बताए ।

मृत्यु हुने अधिकांश महिलाहरु भए पनि पहिचान खुल्न सकेको छैन । बस दुर्घटना राति ११ बजे भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्