दाङ – जवर्जस्ती करणी गरेको आरोपमा दाङमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका–९ लौरी रिहार निवासी रग्घु अहिरका छोरा वर्ष २५का अनिल यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।
यादवलाई १४ वर्षिया बालिकामाथि जवर्जस्ती करणी गरेको आरोप लागेको छ । बालिका माथि जवर्जस्ती करणी गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुशन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमले बताउनु भयो । सोधपुछका क्रममा बालिकाले आफूमाथि जवर्जस्ती भएको र यादवले जवर्जस्ती नगरेको भनेका छन्, मेडिकल चेकजाँच पछि मात्र पुष्टि हुन्छ’– प्रवक्ता गौतमले भन्नु भयो ।
यस्तो छ घटनाक्रम
अनिल यादव घरायसी कामले लमही बजार आएका थिए । बजारमा काम सकेर घर फर्कने क्रममा बिहिबार बिहान १२ बजेतिर बसपार्क नजिक ति बालिकासंग भेट भयो । यादवले कहाँ जाने भनेर सोधेपछि ति बालिकाले रिहार सम्म भनेकी थिइन् । त्यसपछि म पनि रिहार सम्म जानी हो म पुर्याई दिन्छु भनेर मोटरसाइकलमा चढाएका थिए ।
रिहार नपुग्दै यादवले ति बालिकालाई लमही बजार देखि पन्ध्र किलो मिटर पश्चिम असानीको जंगल भित्र मोटरसाइकल लगेर जवर्जस्ती करणी गरेका थिए । आफुलाई पिडा हुन थालेपछि रिहार प्रहरी चौकीमा आफूमाथि भएको कर्तुतका बारेमा जानकारी गराएकी थिइन त्यसपछी घटना बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्