लमही खानेपानीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

दाङ समाचार
दाङ समाचार २३ पुष २०७९, शनिबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले उपभोक्तालाई चुनारहित पिउने पानी वितरण गर्न लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई आग्रह गर्नु भएको छ । शनिबार लमहीमा आयोजित संस्थाको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख चौधरीले लमही नगरपालिकाका सबै वडामा खानेपानीको पाइप बिस्तार गर्ने तर्फ पनि लमही खानेपानीको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

पानी नै जीवन भएको कुरालाई स्मरण गर्दै पानीको मुहान जोगाउनका लागि वन विनास, डढेलो, ढुंगा उत्खनन जस्ता कार्य तत्काल रोक्नु पर्ने उहाँको भनाई छ । राजधानी आइसकेकोले अब यो क्षेत्रमा बस्ति बाक्लिंदै जाने छ जसका कारण अहिले हाम्रो घर घरका धारामा चौविसै घण्टा आउने पानी भोलिका दिनमा सिमित समयमा मात्र आउने हुन् सक्छ त्यसकारण दिर्घकालिन योजना बनाएर यो समस्या आउँ नदिन सबै मिलेर लाग्नु पर्ने नगर प्रमुख चौधरीले बताउनु भयो ।

आर्थिक प्रतिवेदन कोषाध्यक्ष बासुदेव गौतम र संस्थाका सचिब वसन्त आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष जंग बहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाकि उपाध्यक्ष सीता चौधरी स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सहजीकरण सचिब वसन्त आचार्यले गर्नु भएको थियो ।

घोराही खानेपानीका वरिष्ठ उपाध्यक्ष भरतमणी पाण्डे, बेलझुण्डी खानेपानीका प्रदीप गौतम, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्