लोसपा पनि सरकारमा जाने सहमति

दाङ समाचार
दाङ समाचार २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।

लोसपाका एक नेता भन्छन्, ‘सरकारमा जाने पक्का भएको छ, मन्त्रीको नामबारे निर्णय भइसकेको छैन ।’ प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्