बलात्कारको आरोपमा दाङमा प्रहरी जवान पक्राउ

दाङ समाचार
दाङ समाचार ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – बलात्कारको आरोपमा दाङ प्रहरीले एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्कीलाई पक्राउ गरेर उनी विरुद्ध जबरजस्ती करणिमा मुद्धा दर्ता गरिएको जनाएको छ ।

सल्यान माईत जान भनेर घरबाट हिडेकी महिला समयमै माईत नपुगेपछि महिलाका श्रीमानले खोजी गर्दै आएका थिए । घर फर्केपछि महिलाका श्रीमानले माइत समयमा नगएको बारेमा सामान्य बिबाद गरेपछि श्रीमान र श्रीमती मिलि जिप्रका आएर कार्की विरुद्ध बलात्कारमा मुद्दामा जाहेरी दिएका थिए । श्रीमानले श्रीमतीलाई आफै बलात्कारमा ८-१० दिनपछि जाहेरी हाल्न लगाएका हुन ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी राजन गौतमले प्रहरी जवान कार्की र ती महिला बिच सम्बन्धमा रहदै आएको र होटलको रजिस्ट्रेशनमा पनि श्रीमान र श्रीमतीको रुपमा पनि देखिएको जानकारी दिए । उनले कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा राखेर घटनामा अनुसन्धान भइरहेको बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्