काठमाडौँ – बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । मंगलबार दिउँसो पश्चिम नेपालका दाङ, सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्