दाङ – लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले दाङका पत्रकारहरुसंग भेटघाट तथा छलफल गर्नु भएको छ । प्रहरी सेवामा रहँदा सम्म कसैको दवाबमा रहेर काम नगर्ने भन्दै प्रहरी सदैव जनता संगै रहेर काम गर्ने पनि प्रतिबद्दता व्यक्त गर्नु भयो ।
प्रदेश प्रहरी कार्यालयमा आयोजित परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा डिआइजी राईले जिम्मेवारीमा रहँदा निस्वार्थ भावनाले काम गरेको बताउँदै प्रदेशका १२ वटै जिल्लामा रहेका प्रहरी युनिटले नागरिकलाई निःशुल्क, तरिकाले छिटो र सहज ढंग बाट सेवा प्रदान गर्ने छ यो कुराको मा मिडियाकर्मीबाटै सन्देस दिन चाहान्छु’- प्रहरी नायब महानिरीक्षक राईले भन्नु भयो ।
ढुङ्गा, गिट्टी बालुवा, सवारी चेकजाँचका क्रममा प्रहरीले आर्थिक रकम असुल्ने गरेको गुनासो पत्रकारले गरेपछि डिआइजी राईले अब त्यसको अन्त्य गर्ने बताउनुभयो ।
जिम्मेवारी सम्हालेको ठाउँमा आफ्नो चालचलन बुझ्न पत्रकारहरूलाई आग्रह गर्दै राईले प्राकृतिक स्रोतमाथि आँखा लगाउनेलाई कारबाहीको दायरामा ल्याउने र त्यसका लागि सहयोग गर्न पनि आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशमा रहेका कुनै पनि प्रहरी कार्यालयमा ठाडो उजुरीका लागि एक पैसा नलाग्ने बताउँदै पैसाकै कारण नागरिकले न्यायबाट बञ्चीत हुनु पर्ने अवस्था आउन नदिने उहाँले बताउनुभयो ।
प्रदेशको शान्ति सुरक्षाका लागि आफु प्रतिवद्ध रहेको बताउँदै अब प्रहरले फोन गर्दा को बोल्या भन्यो भने कारबाही गर्ने समेत बताउनुभयो । प्रहरीको हटलाईन, टेलिफोन वा मोबाइलमा आएको फोन रिसीभ गर्दा कार्यालयको नाम, ठेगाना र पद नभन्ने प्रहरी जवान वा अधिकृतलाई कारबाही गर्ने उहाँले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्